देउखुरी । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको ३९ औँ अधिवेशन सम्पन्न भएको छ । फाल्गुन ८ र ९ गते लमहिमा अधिवेशन भएको हो । दाङ जिल्लामा रहेका १६ वटा उपशाखाबाट आएका प्रतिनिधि र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु गरि जम्मा १०० जना प्रतिनिधि हरु सहभागि जिल्ला अधिवेशनले सभापतिमा मदन गौतमलाई निर्विरोध चयन गरेको हो ।
अधिवेशनले सभापतिसहित छ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने बाँकी पद निर्वाचनबाट चयन गरिएको छ ।
समितिको महिला उपसभापति, मन्त्री, कोषाध्यक्ष, उप–मन्त्री र उप–कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । समितिको महिला उपसभापतिमा भगवती शर्मा, मन्त्रीमा प्रकाश श्रीबन्ध, कोषाध्यक्षमा कुशल तर्ताल, उप–मन्त्रीमा बिमल केसी, उप–कोषाध्यक्षमा दोर्ण बहादुर वली सर्वसम्मत चयन हुनुभएको छ ।
उपसभापतिमा सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा हरिहर पौडेल ४७ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी ज्ञानप्रसाद आइतबारेले ३२ मत ल्याउनुभएको छ ।
समिति खुल्ला सदस्यमा प्रमोद पौडेल, भिमलाल मरासीनी, मिनराज शर्मा, बंशीकुमार शर्मा, थानेश्वर गैरे , थम्मन चौधरी र मदन धिताल खुल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै शुष्मा भण्डारी, पुष्पा यादव, सीमा न्यौपाने महिला सदस्यमा निर्वाचित हुनुभएको छ ।


