बंगलाचुली । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन (सुवास)ले नागरिक सेवा विश्वसनिय पादर्शी सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा दाङले आयोजना गरेको स्वास्थ्यकर्मीहरुका लागि आपूर्ति व्यवस्थापन सुचना प्रणाली (इ.एल.एम.आई.एस.) सम्वन्धी २ दिने अभिमुखिकरणको उद्घाटन गर्दै यस्तो बताउनुभएको थियो । पछिल्लो समय प्रविधिको विकाससँगै नागरिक सेवाको पनि अवस्था फेरिएकाले अब प्रविधिमैत्री सेवाको विकास लागि सीप , दक्षता र क्षमताको विकास आवश्यक रहेको उहाँको भनाई थियो । प्रविधिमैत्री सेवाको विकासले नागरिक सेवा चुस्तदुरुस्तसँगै विश्वसनिय सेवा स्थापित गर्ने उहाँको भनाई थियो ।
कार्यक्रमममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले प्रविधिमैत्री सेवाले प्रविधिको विकाससँगै सेवाप्रदायक संस्थाहरुको नागरिक सेवाको विधि र पद्धती समेत फेरिदै गइरहेकाले अब नागरिक सेवालाई प्रविधिसँगै जोडेर लैजाने बताउनुभएको थियो ।
ऊक्त कार्यत्रममा बंगलाचुली गाउँपालिका वडा नं. ३ वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्माले समेत आफ्नो भनाई राख्नुभएको थियो । बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा दिलबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख इन्द्र कुमारी घर्तीले गर्नुभएको थियो ।


