आज सुनको भाउ १४ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

गत शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो ।

अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस