
तुलसीपुर। माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ ।
बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर ११ क्वाङीखोलामा दिउँसो मा छा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर ११ बाघखोली निवासी २० वर्षीय विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सुनारको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार