
काठमाडौँ – भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयाघातका कारण निधन भएको छ । रिपोर्टका अनुसार उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन्, त्यहीँ उनको मृत्यु भएको हो ।
हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव हारेकी थिइन् ।
अहिले कुलदीप बिश्नोई कांग्रेस छाडेर भाजपा प्रवेश गरेका छन् । हालै उनलाई कुलदीप बिश्नोईले पनि भेटेका थिए। सोनाली फोगाट रियालिटी शो बिग बोस १४ मा पनि सहभागी भएकी थिइन् । बीबीसी हिन्दी
प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार