राप्रपा दाङद्वारा एमसीसी विरुद्ध र्याली

घोराही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले विहीबार घोराहीमा एमसीसीको विरोधमा र्‍याली निकालेको छ।

राप्रपा दाङ क्षेत्र नं २ का अध्यक्ष नर बहादुर बुढाथाेकीकाे अध्यक्षता एवम क्षेत्र नं २ तथा जिल्ला भातृ संगठनहरुकाे आयाेजनामा यथास्थितिमा एमसीसी अघि बढाउन नहुने भन्दै निकालिएको बिराेध र्याली पश्चात काेण सभामा परिणत भएको थियाे ।

काेणसभामा राप्रपाका पूर्व केन्द्रीय सदस्य भाेलानाथ याेगी, जिल्ला सचिव त्रिभुवन थापा, प्रदिप राज कुवर, राम गोपाल देउजा, मुस्कान पोख्रेल, शिब गौतमलगायतकाले सम्वाेधन गरेका थिए ।

उक्त विरोध कार्यक्रमकाे सञ्चालन उमाकान्त भण्डारीले गरकाे जानकारी लक्ष्मण केसीले गराएका छन् । पार्टी कार्यलयबाट शुरु भएकाे र्याली बजार परिक्रमा गरि तुलसीपुर चाैकमा काेण सभामा परिणत भएकाे थियाे ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस