काठमाडौं । सोमबार त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ । २५ वर्षीय चालक दावा लामाको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार लामाको सोमबार राति नै निधन भएको हो ।
अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।
प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार


