
विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ । नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् ।
नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा जिमेल प्रयोगकर्ताले जिमेलको नयाँ इन्टरफेस देख्न पाउनेछन् ।
गुगल वर्कस्पेस परियोजनाका अनुसार फेब्रुअरी ८ देखि उक्त नयाँ इन्टरनेट परीक्षणका लागि सुरु गरिनेछ ।
नयाँ डिजाइनमा जिमेलमा चारवटा बटन रहनेछन् जसमा प्रयोगकर्ताले जिमेलको इमेल, च्याट, स्पेस वा मिट जुन प्लाटर्फममा जान चाहेको हो सजिलैसँग स्वीच हुन सक्नेछन् । हाल प्रयोगकर्ताका लागि जिमेल, च्याट तथा मिटका लागि एक संयुक्त लेआउट उपलब्ध रहेको छ ।
प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार