तुलसीपुर महोत्सव एक दिन थप

तुलसीपुर । तुलसीपुरमा जारी ऐतिहासिक तुलसीपुर महोत्सव एक दिन थप भएको छ । महोत्सवमा आउने दर्शकहरु संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको समय एक दिन थप गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताए ।

‘महोत्सव अवलोक गर्ने दर्शकहरुको संख्या बढिरहेको छ । महोत्सव थपनु पर्ने माग पनि आयो । त्यस कारण एक दिन थप गरेका छौ ।’ मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले भने । शनिबार करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।

तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शलेक अवलोक गर्ने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरे लगायतका कालाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

सोमबार चर्चित गायिका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डिसी लगायतका कलाकाहरुको बेजोड प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस