खाली पेटमा एक गिलास पानी खानुका फाइदाहरु जान्नुहोस्

काठमाडौं । स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । मानव जीवनका लागि अत्यावश्यकीय पदार्थ हो, पानी। पानी पटक–पटक खाइरहेमा प्रायजसो रोग निर्मूल हुने चिकित्सकहरु बताउँछन् । अझै खाली पेटमा पानी खाएमा स्वास्थ्यलाई झनै फाइदा पुग्ने बताइन्छ।

कतिपय मानिसहरु खाली पेटमा पानी खाएर मात्रै अन्य खानेकुरा खाने गर्छन्। तर खाली पेटमा पानी खाँदा के फाइदा हुन्छ अझै धेरैलाई थाहा नहुन सक्छ। यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ । बिहानै उठेर खाली पेटमा एक गिलास पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा करिब १० गिलास पानी पिउनुस् ।

पेट सफा

बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ । बिहान खाली पेटमा प्रशस्त पानी पिउनाले पेटका विकार शौचमार्फत गएर पेट सफा हुन्छ।

छाला चम्किलो

खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढ्छ। शरीरमा जति बढी विकार तत्व हुन्छ त्यति नै अनुहारको छाला नराम्रो देखिन्छ। तर, हामीले प्रशस्त मात्रामा पानी पिउँदा शरीरको विकार हट्छ र अनुहारमा चमक आउँछ।

मोटोपन घटाउने

बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ । पानी पिउँदा न्यूनतम २४ प्रतिशतले मेटाबोलिजमलाई वृद्धि गर्छ। जसको अर्थ हामीले चाडो र प्रभावकारी रुपमा खाना पचाउन सक्छौं। यसले छोटो समयमा नै तौल घट्न सहयोग पुग्छ।

भोक बढाउने

शरीरका लागि नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर कतिपयलाई भोक नै नालाग्ने समस्या हुन्छ। पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ

शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पानी अत्यावश्यकिय तरल पदार्थ हो। दैनिक खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा हामीलाई रोग लाग्ने सम्भावना कम हुन्छ।

उर्जा बढाउँछ

बिहान खाली पेटमा एक गिलास पानी पिएमा हाम्रो अल्छिपना हराउँछ। किनकि त्यो सयमा रगतका रक्त कोषिकालाई चाँडो बढ्न मद्दत पुग्छ। जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति धेरै शरीरमा अक्सिजन प्रवाह हुन्छ र एक प्रकारको उर्जा मिल्छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस