गोरखा बाढीले चार घर र फलामे पुल बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका ४ मा बाढीले चार घर बगाएको छ । गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर(४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको थाहा पाएपछि स्थानीयले भने भागेर ज्यान जोगाएका उनले बताए । मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

बाढीले सो गाउँपालिकाको वडा नम्बर(४ र वडा नम्बर(२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए । आइतबार बिहान ४ः४० बजेदेखि भने बाढीको बहाब कम भएको र अहिले खोला पहिलाकै अवस्थामा रहेको उनले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस