रेबिज विरूद्धको इम्युनोग्लोबुलिन सातै प्रदेशमा (सुची सहित)

काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेको जानकारी दिए । उनले मंसिरको पहिलो साताबाट सात प्रदेशका ९ अस्पतालमा यो सेवा विस्तार गरेको र पछि आवश्यकताअनुसार अरू अस्पतालमा पनि थप्ने बताए ।

यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो । जसमा कारण उपत्यका बाहिर रहेका बिरामी सेवा लिन छुट्थे । यो बाध्यता अन्त्य गर्न नियमित कार्यक्रम मार्फत सेवा विस्तार गरिएको मन्त्री खतिवडाले बताए ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १ सय जना रेबिज भएका बिरामी अस्पताल पुग्छन् । जसमध्ये १० देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको छ ।

सरकारले २०३० सम्ममा रेबिजबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

विश्व स्वास्थ्य संगठनले रेबिज विरूद्ध कुनैपनि खोप नलगाएको र कुकुरले टोक्दा गहिरो घाउ भएकाहरूलाई इम्युनोग्लोबुलिन दिने निर्देशिका बनाएको छ । यो रेबिजविरूद्वको एण्टीबडी हो । यो जीवनमा एक पटक मात्रै दिइन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस