
दाङ, २८ कार्तिक ।
दाङमा एक व्यक्तिको इनारमा खसेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर आठ सौडिका ५४ वर्षिय बलबहादुर विकको मृत्यु भएको हो ।
इनारमा पानी तान्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँको घर नजिकमा रहेको सार्वजनिक इनारमा खसेर मुत्यु भएको हो ।
शवलाई इनारबाट नेपाली सेनाको रणसिंह दल गणको टोलीले निकालेको हो ।
करिव ६० पिट गहीरो इनारबाट मेजर धिरज खत्रीको नेतृत्वमा गएको टोलीले सिपाही सुजन खड्काले शवलाई निकाल्नु भएको गणपति प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे तीन वजे इनारमा खसेका विकको शवलाई बेलुका साढे पाँच बजेपछिमात्रै निकालिएको हो ।
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार