बाँके–
बाँकेमा सवारी ज्यान मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय भिम बहादुर भन्ने रिम बहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
खत्रीलाई सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष २ महिना ६ दिन कैद र दुई हजारको जरिवाना तोकको थियो । फरार रहेका उनलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार