राष्ट्रिय जनगणना : रोल्पामा २७६ गणक परिचालन


रोल्पा–
राष्ट्रिय जनगणनाको तथ्याङ्क संकलन कार्य रोल्पामा पनि आज देखि सुरुभएको छ । कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म जारी रह्ने राष्ट्रिय जनगणनामा घर घरमा पुगेर मुख्य गणनाको स्थलगत कार्य सम्पन्न गर्न रोल्पा जिल्लाका ७२ वडामा २५५ गणना क्षेत्र रहेको छ ।

गणकहरु नेपाली सेनाको १ जना, नेपाल प्रहरीको १ जना, शसस्त्र प्रहरीको १ जना र पब्लिकबाट २७३ गरी जम्मा २७६ जना कर्मचारी खटाइएको छ । जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक ७१ जना खटाइएको जिल्ला जनगणना अधिकृत दोरबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

उहाका अनुसार रोल्पाको सबै वडामा कर्मचारीहरु पुगेर तथ्याङ्क संकलन भइरहेको बताउनुभयो।एक गणना क्षेत्रमा एक कर्मचारी खताइएको छ भने २८० घर देखि बढी घर भएको गणना क्षेत्रमा २ जना कर्मचारी खटाइएको बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको १० वटा पालिका हेर्ने गरेर ४ ठाउँमा स्थानीय जनगणना कार्यालय स्थापना समेत भएको छ । जिल्ला गणना कार्यालय रोल्पा ,रोल्पा नगरपालिका र माडी गाउँपालिका हेर्ने गरेर लिबाङ्ग स्थानीय जनगणना कार्यालय बनेको छ ।

परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र थबाङ्ग गाउँपालिका हेर्ने गरेर पुतलाचौर स्थानीय जनगणना कार्यालय रहेको छ।त्यसैगरी रुन्टिगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका हेर्ने गरेर होलेरीमा स्थानीय जनगणना कार्यालय रहेको छ भने सुनिलस्मृती गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिका हेर्ने गरेर सुलिचौरमा स्थानीय जनगणना कार्यालय स्थापना भएको जिल्ला जनगणना अधिकृत दोरबहादुर बस्नेतले बताउनुभयो।

‘मेरो जणना मेरो सहभागिता’भन्ने मुल नाराका साथ १२ औं जनगणना सम्पन्न हुने बताइएको छ । घर घरमा खटीइ आउने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाई राष्ट्रिय जनगणना २०७८ सफल पार्न सबैमा आग्रह गरिएको जिल्ला जनगणना अधिकृत बस्नेतले बताउनुभयो ।

मूल जनगणनाको गणकहरुले प्रत्येक जनगणनामा घर परिवारको परिचयात्मक,पारिवारिक तथा व्यक्तिगत गरि करिब ५५ वटाप्रश्नहरु सोधी तथ्याङ्क संकलन लिइने छ।जनगणनाको लागि यसअघि परिवार सुचीकरण गर्ने कार्य सकिएको छ भने नयाँ गणनाको लागि सम्पूणर् गणकहरु कार्यक्षेत्रमा आवश्यक सामाग्री सहित आआफ्नो गणक कर्मचारीहरुलाई खटाइसकेको बस्नेतको भनाइ रहेको छ ।

परिवारमा बसोबास गर्ने महिला पुरुषको संख्या,स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेशमा भएको संख्याको साथै विदेश रहेकाको थप विवरण लिनेछन् ।

जिल्ला जनगणना कार्यालय रोल्पा र जिल्ला जनगणना कार्यालयका अधिकृत दोरबहादुर बस्नेतले सबै रोल्पाली नागरिकमा अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस