सल्यानवाट दाङ आउदै गरेको बस पल्टिदा ८ जनाको मृत्यु, विस्तृत बिबरण आउँन बाँकी

ल्यान। सल्यानमा बस पल्टिदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।


जिल्लाको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको ना१ख २५५२ नम्बरको यात्रुबाह बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै पल्टिदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।दुर्घटना दिउँसो साढे १२ बजे भएको थियो । घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस