देउसुरे र भैलो गाँउशहरमा


दाङ –
तिहारको आज चौथोदिन गाँउ तथा शहरमा भैली र देउसीरे चलेको छ । दाङका विभिन्न गाँउ तथा शहरमा भैली र देउसुरेका भाकाले तिहारको रौनकता थप बढेको हो ।

तिहार शुरु भएसंगै देउसुरे र भैली खेल्नका लागि विभिन्न क्लब, संघ/संस्था, बालबालिका घर-घरमा पुग्न थालेका छन् ।

गतवर्ष कोरोना महामारीका कारण देउसीरे भैली नहुँदा तिहार उल्लासमय हुन सकेको थिएन । तर यसवर्ष कोरोना महामारी केहि कम भएपछि देउसी भैलीका भाकाले तिहारको रौनकता थपेको छ ।

घरघरमा पुगेको देउसुरे भैलोको समुहलाई गक्षअनुसारको दक्षिण दिने प्रचलन रहेको छ । समयको परिवर्तनसंगै ठुला-ठुला आवाजमा गित बजाउने र भैली खेल्ने परम्परा पनि बस्न थालेको छ ।

दिपावलीमा भैलीखेल्ने शैली फेरिदा विकृति भित्रिएको जानकारहरु बताउँछन् । लोक संस्कृतविद डा. गोविन्द आचार्यले तिहारमा प्रविधिको विकासले देउसी भैलामा केहि विकृति बढेको बताउनुभयो ।

प्रविधिको विकाससंगै सामाजिक संजालमा पनि देउसी भैलीखेलेका प्रत्यक्ष दृश्यहरु देखिन थालेका छन् । सामाजिक संजालमा देखिने देउसुरे र भैलोका दृश्यले प्रदेशिएको महशुस नभएको प्रवासमा रहने नेपालीले बताउँछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस