प्रदेश २ को प्रदेशसभा बैठक असोज २० गते

जनकपुरधाम । प्रदेश २ सरकारको प्रदेश सभा बैठक असोज २० गते बस्ने भएको छ । करिव अढाई महिनादेखि नबसेको बैठक असोज २० गते बोलाइएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक बोलाइएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद शाहले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको प्रतिनिधित्व छ । जसमा लोकतानित्रक समाजवादी पार्टी नेपाल (लोसपा) १६ सांसदसहित प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने छन् । मंगलबार लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सभामुख सरोज कुमार यादवलाई प्रतिपक्षमा बस्ने जानकारी गराइसकेका छन् ।

एकीकृत समाजवादी सरकारमा जाने तयारी गरिरहेका छन् । बाँकी नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल (जसपा)को नेतृत्वमा सरकारमा छन् ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस