लागुऔसध बिक्रि गर्ने मेडिकल सन्चालिका पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरबाट मेडिकल संचालिकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ घर भइ हाल तुलसीपुरको बसपार्कमा फ्युजन हेल्थ कियर मेडिकल संचालन गर्दै आउनुभएकी ४० बर्षकी तीलाकुमारी सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

मेडिकल संचालिकाले अबैध लागुऔषध बिक्रीबितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलिले सुनार मेडिकलबाट बाटै पक्राउ गरेको हो ।

पक्राउ परेकी सुनारको साथबाट प्रहरीले एक लाख १६ हजार ८ सय ५० रुपैयाँ रुपैयाँ , प्रतिबन्धित ट्रामाडोल, ट्राब, अन्टीकोफ नाम लेखिएका विभिनन कम्पनीका ३४९० वटा औषधीका ट्याबलेट र ६ वटा मोबाईल बरामद गरेको डिएसपी अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस