आज नेपाल र ओमानबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो ।

यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो ।

अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपाले ओडीआईमा जितविहीन छ ।

आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपालको दुईवटा लक्ष्य छन् । एउटा ओमानलाई हराउने अनि प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने ।

लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइ सकेका छन् ।

यस्तै वाटमोरको प्रशिक्षणमा नेपालले ओमान टुरमै पहिलो पटक ओडीआई क्रिकेट खेलेको हो । अहिलेसम्म ओमानमा नेपालले पाँच म्याच खेल्दा तीन खेल जितेको छ भने दुई खेल हारेको छ ।

नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

मंगलबार भएको यसअघिको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । ओमानले भने सिरिजमा यसअघिका दुवै खेल जितेको छ । सिरिजको अन्तिम ओमान र अमेरिकाबीच सोमबार हुनेछ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस