
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र अमेरिकाबिच आज खेल हुँदैछ । खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा हुनेछ।
सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध नेपाल ५ विकेटले नै पराजित भएको थियो । यस्तै‚ अमेरिकाले गए राति भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको छ।
लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार