नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि भएको उक्त शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।
उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारतमा छन् ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार


