नेपालगन्ज । कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट भएका छन् । नेपालगन्ज रंगशाला परिसरमा भएको पौडीको फ्रिस्टाइल र बटर फ्लाइ स्पर्धामा सहभागी भएका २० पुरुष र ११ महिला खेलाडीमध्ये १२ जना पुरुष र ८ जना महिला खेलाडी छनौट भएको पौडी प्रशिक्षक चन्द्रराम चौधरीले जानकारी दिए ।
छनौट हुने पुरुष खेलाडीहरुमा अमित रावल, प्रत्युज जोशी, सुशान्त बोहोरा, संस्कार न्यौपाने, रामबहादुर थारु, विशेष प्रचण्ड सिंह, अनन्त प्याकुरेल, ओम भण्डारी, इभान्सु भट्टराई, राघव खत्री, सुमिक वाग्ले र अध्ययन भण्डारी रहेका छन् । त्यसैगरी महिला खेलाडीहरुमा जिज्ञासा भुसाल, संस्थिता गिरी, समृद्धि न्यौपाने, श्रीजा रेग्मी, स्मारिका आचार्य, ईभा भट्टराई, कृतिका वाग्ले र नित्याश्री दहित रहेका छन् ।
छनोट भएका अधिकांश खेलाडी बाँके जिल्लाकै रहेको प्रशिक्षक चौधरीले बताए । उनका अनुसार विगतमा नेपालगन्जको स्प्रिङ डेल एकेडेमीका धेरै खेलाडी छनोट हुने गरेकोमा यस पटक भने कोहलपुरको शिखा एकेडेमीबाट धेरै खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेका छन् ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी प्रतियोगिता भने नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको पौडी पोखरीमा सञ्चालन गरिने तय भएको साबिक मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताए । गोरखापत्रबाट


