काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा कायम भएको छ। अघिल्लो दिन १.४० अंकले बढेको नेप्से कारोबार सुरु भएको दुई मिनेटसम्म सकारात्मक देखिए पनि त्यसपछि दिनभर घट्दो क्रममा रह्यो।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ।
आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
माइक्रोफाइनान्सबाहेक सबै समूहगत सूचक ओरालो लागेका छन्। माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशतले बढ्दा अन्य समूहको गिरावट १ प्रतिशतभन्दा कम रह्यो।
बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ र व्यापार समूह ०.१४ प्रतिशतले घटे।
आज स्नो रिभर्सको सेयर मूल्य २.८७ प्रतिशतले बढ्यो। एसियन हाइड्रोपावर २.७०, मेरो माइक्रोफाइनान्स २.४२, भगवती हाइड्रोपावर २.३८ र आँखुखोला जलविद्युत्को सेयर मूल्य २.३७ प्रतिशतले बढ्यो।
यता चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ४.६१ प्रतिशतले घट्यो। हिमालयन रिइन्स्योरेन्स ३.७५, उन्नति सहकार्य लघुवित्त र भुजुङ हाइड्रोपावरको सेयर मूल्य समान ३.६५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त र राधि विद्युत् क्रमशः अगाडि रहे।


