काठमाडौँ– राष्ट्रिय सभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेस गर्ने निर्णय गरेको हो ।
बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रिय सभाको २१औँ अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी थिए ।
प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार


