गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको चारखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन् । चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि शिवराज नगरपालिका–१ स्थित चोरखोलामा आज बिहान साढे १ बजे ढुंगा खसेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठकले जानकारी दिए ।

घाइते हुनेमा बर्दियाको गोरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल थारू, चितवनको भरतपुर महानगरपालिका–११ का २० वर्षीया सलिना सुनार र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेको उनले बताए ।

बसमाथि ढुंगा खस्दा सिटले च्यापिएको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्‍याइएको उनले बताए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा खटिएको टोलीले सिटले च्यापिएको अवस्थाबाट उनीहरूको उद्धार गरेको हो । बसमा ३० जना सवार थिए ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस