सरकारले मंगलबार ७ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अल्पकालीन ऋण परिचालनको औजार ट्रेजरी बिलमार्फत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उक्त ऋण उठाउने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार (११ फागुन) दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सूचना अनुसार कार्यालयले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागिएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले ट्रेजरी बिल खरिद गर्न सक्छनेछन् । सरकारले ट्रेजरी बिल, नागरिक बचतपत्र, वैदेशिक रोजगारपत्र र विकास ऋणपत्रमार्फत आन्तरिक ऋण परिचालन गर्ने गर्छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत करिब साढे ५ खर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन सार्वजनिक ऋणमार्फतनै गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार


