प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकार महासंघले मौन धर्ना दिने

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ ।

सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमा भय र त्रासको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै महासंघले धर्ना दिन लागेको हो ।

महासंघका अनुसार सरकारका प्रेसविरोधी गतिविधि तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध बिहान ८ बजेदेखि एक घण्टासम्म मौन धर्ना दिइनेछ ।

धर्ना कार्यक्रममा सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई सहभागी हुन महासंघले आह्वान गरेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस