नेप्सेमा ५.४५ अङ्कको गिरावट

काठमाडौँ। शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। कारोबारको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ५.४५ अङ्कले घटेर २६९०.१५ विन्दुमा बन्द भएको छ।

परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३४८ वटा कम्पनी तथा धितोपत्रका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर ७४ हजार ५४ पटकको खरिदबिक्रीबाट कुल ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। कुल १६९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १०२ कम्पनीको मूल्य बढेको छ। बाँकी ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज विकास बैंक समूहमा सर्वाधिक १.६१ प्रतिशत वृद्धि हुँदा बैंकिङसहित ८ सूचक घट्का छन् । आज पनि बेनी हाइड्रोपावर सर्वाधिक कमाउने कम्पनी बनेको छ । यो कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर ७०९.७० रुपैयाँ पुगेको छ । त्यस्तै स्वाभिमान लघुवित्त १२.११ प्रतिशत मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३८ करोड ४८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै शिवम सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँ, घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँ, ग्रीन भेञ्चर्सको २६ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस