आगलागीपीडित दुई पसललाई राप्ती परोपकार संघको ७२ हजार सहयोग

बबई । दाङको बबई गाउँपालिका–हापुरे बजारमा आगलागीबाट क्षति भएका दुई पसलका सञ्चालकलाई राप्ती परोपकार संघ, नेपालले ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बुधबार राति करिब ८ः३० बजे हापुरे बजारमा रहेको सारिका शृङ्गार एन्ड गिफ्ट पसलमा आगलागी हुँदा सँगै जोडिएको ओम गंगा किसान पसलमा समेत क्षति पुगेको थियो। आगलागीबाट प्रभावित व्यवसायीलाई राहत पुर्‍याउने उद्देश्यले संघले आफ्ना सदस्य तथा अन्य सामाजिक व्यक्तिहरूबाट रकम संकलन गरी सहयोग गरेको हो।

संकलित रकममध्ये सारिका शृङ्गार एन्ड गिफ्ट पसलका सञ्चालकलाई ५१ हजार रुपैयाँ र ओम गंगा किसान पसलका सञ्चालकलाई २१ हजार रुपैयाँ हस्तान्तरण गरिएको संघले जनाएको छ।

सहयोग रकम संकलनमा संघका संरक्षक सुरेश हमालले ११ हजार रुपैयाँ, अध्यक्ष सञ्जयकुमार पराजुलीले ५ हजार १०० रुपैयाँ, उपाध्यक्ष गोरखबहादुर ओलीले ५ हजार १०५ रुपैयाँ र कोषाध्यक्ष क्षेत्रबहादुर भण्डारीले ५ हजार १०० रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, सचिव राघव देवकोटाले २ हजार ५०० रुपैयाँ, सन्तोष चौधरीले ५ हजार रुपैयाँ, जितेन्द्र ओलीले ५ हजार १०० रुपैयाँ, ओहित सिद्दिकीले १० हजार रुपैयाँ, प्रमोद सोनीले ५ हजार १०० रुपैयाँ, गणेश भण्डारी र पुर्न चौधरीले जनही २ हजार ५०५ रुपैयाँ, कमल डाँगीले ५ हजार रुपैयाँ, वीरेन्द्रकुमार शाहले ५ हजार ५०० रुपैयाँ र अर्जुन भट्टराईले २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

आगलागीबाट व्यवसायमा क्षति व्यहोरेका सञ्चालकलाई कठिन परिस्थितिमा केही राहत पुगोस् र पुनः व्यवसाय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको संघले जनाएको छ। विपद्का बेला सामाजिक संघसंस्था तथा व्यक्तिहरूले गरेको सहयोगले प्रभावित व्यवसायीलाई राहत मिल्नुका साथै व्यवसाय पुनः सञ्चालन गर्न हौसला पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस