काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।
फागुन ८ गते केन्द्रीय सानेपामा बस्नेगरी बैठक बोलाइएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।
उनका अनुसार बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
बैठकमा पार्टीको समसामयिक विषय, विगतमा गरिएको अनुशासनको कारबाहीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसमा केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति बनेको छ। सदस्यहरूमा धना खतिवडा र सुवासकुमार पोखरेल छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार


