प्रतिनिधिसभा निर्वाचन–२०८२, पुराना दललाई नयाँको भयांकर चुनौति

तुलसीपुर । जेन्जी समुहको आन्दोलनको वलले विघटित प्रतिनिधिसभाको निर्वाचन आउन अव करीव ३७ दिन मात्रै बांकि रुहुँदा राजनितिक दलहरु चुनावी अभियान थालेका छन् । जेन्जी आन्दोलनपछि गठित पुर्व प्रधानन्यायधिस शुशिला कार्की नेतृत्वको सरकारले निर्वाचनको प्रक्रिया अघि बढाएपछि अ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गरेका उम्मेदवारहरु चुनावी मैदानमा खटिसकेका छन् ।

मुलुकमा दुई पटक सम्म भएको संविधानसभाको निर्वाचनबाट नयां संघात्मक संविधान विसं २०७२ जारी भएर मुलुक संघियतामा प्रवेश गरेसंगै मुलुकमा विसं २०७४ सालमा संघात्मक संविधान अनुसारको निर्वाचन भयो । यसपछिको निर्वाचन २०७९मा सम्पन्न भयो । तर यी दुवै निर्वाचनमा राजनितिक दलहरुबीच चुनावी तालमेल हुँदा करिव एक दशकको अवधिमा धेरै मतदाताहरु पनि थापिएका छन् । मतदाता थपिंदै जांदा हुने निर्वाचनमा खासगरी मुलुकका ठुला र पुराना राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले र तात्कालिन माओवादी केन्द्र निर्वाचनमा स्थापित भए । तर निर्वाचनमा भने कहिले एमाले माओवादीको गठवन्धन, कहिले कांग्रेस माओवादीको गठवन्धन त कहिले एउटै भएको कम्युनिष्ट संग कांग्रेसको प्रतिस्पर्धा भैरहंदा चुनावमा आफ्नो पार्टिको कुन क्षेत्रमा प्रत्यक्ष तर्फको मत कति हो भन्ने एकिन तथ्यांक कसैसंग पनि छैन ।

स्थानिय निर्वाचनमा पाएको मत वा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ पाएको मतलाइ ती राजनितिक दलहरुले आफ्नो मतका रुपमा मात्रै विश्लेशन गर्ने गरेका छन् । यसलाइ आम मतदाताहरुले भने सहज रुपमा स्वीकार्न सकिरहेका छैनन् । मुलुकमा संघियताको आगमनसंगै विसं २०७९को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टि तेस्रो शक्तिको रुपमा उदय भयो । संघियतालाई स्वीकार नगरेको सो पार्टिले पहिलो झड्कामै तेस्रो दल बनेसंगै अहिले ठुला र पुराना राजनितिक दलहरुलाइ रास्वपाकै चुनौति मुलुकभर देखिएको छ । दाङ जिल्लामा पनि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टिलाइ चुनावी प्रतिस्पर्धामा रास्वपाकै चुनौति देखिएको छ ।

दाङ जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा अघिल्ला निर्वाचनहरुमा नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीलेनै टिकट पाएका छन् । अघिल्लो चुनावमा कांग्रेसलाइ सिट छाडिदिएको तात्कालिन माओवादी केन्द्र(हाल नेकपा)ले लुम्विनी प्रदेशसभा सदस्यलाई राजिनामा गराएर धनराज मास्की (राजेश)लाई उम्मेदवार बनाएको छ भने एमालेले तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर घनश्याम पाण्डेलाइ उम्मेदवार बनाएको छ । त्यसैगरी रास्वपाबाट भने अघिल्लो निर्वाचनकै उम्मेदवार कमल सुवेदी यसपटक पनि सोहि क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो निर्वाचनमा ठुला पार्टिका मतदाताहरुले खेरफालेको मत करिव पन्ध्र हजार बढि मत ल्याउने सुवेदी यसपटक भने जित्नकैलागी चुनावी अभियानमा होमिदा तीनवटै राजनितिक दलहरुलाइ चुनौति रास्वपाकै देखिन्छ । अव एक्लाएक्लै प्रतिस्पर्धा भएको अवस्थामा निर्वाचन क्षेत्र नं तीनमा कसले बाजि मार्ला भन्ने सन्दर्भमा पनि मतदाता अझै खुलिसकेका छैनन् ।

निर्वाचन क्षेत्र नं २ मा पनि एमालेले महासचिव शंकर पोख्रेललाई उम्मेदवार दोहो¥याएको छ । अघिल्लो चुनावमा कांग्रेस-माओवादी गठवन्धनका कारण हारेको बुझाइ रहेको एमालेमा यो पटकको निर्वाचनमा भने महाधिवेशन प्रतितिधि छान्दाको एकपक्षिय निर्णय आन्तरिक चुनौति छ भने कांग्रेसकै उम्मेदवारसंग पनि एमाले नेता शंकर पोख्रेलले एउटा चुनाव हारेको अवस्था छ । कांग्रेसले यसपटक पनि युवा नेता किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । शंकर पोख्रेलले तीन पटक त एकै घरका दाजुभाई घिमिरे परिवारसंगै प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेशसभा निर्वाचनमा एमाले माओवादी गठवन्धनबाट जितेका शंकर यसपाली युवा नेता किरण किशोरसंग लड्दै छन् । भने उनकै क्षेत्रमा नेकपाले निर्मल आचार्यलाइ उम्मेदवार बनाएको छ । जुन पार्टिका नेता रेखा शर्माले अघिल्लो चुनावमा कांग्रेससंगको गठवन्धनबाट उम्मेदवार बनेर शंकरलाई हराएकि थिइन् । त्यसैमा राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय पदाधिकारी सह महामन्त्री विपिन आचार्यको उम्मेदवारीले निर्वाचन क्षेत्र नं २ मा पनि चुनौति नयां दलनै देखिएको छ । एक्लै प्रतिस्पर्धा गर्दा पनि अघिल्लो संघिय निर्वाचनमा निर्वाचन क्षेत्र नं २ मा रास्वपाको मत १४ हजार भन्दा बढि थियो । ठुला राजनितिक दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा रास्वपाको अघिल्लो मतलेनै ठुला दलहरुलाइ चुनौति दिएको छ । यसबीचमा राष्ट्रिय दलको मान्यता नपाएका अन्य दलहरुको समेत उम्मेदवारीले ठुला दलहरुले आफ्नो सुरक्षित मत कति भनेर आंकलननै गर्न नसकिएको अवस्था छ ।

निर्वाचन क्षेत्र नं ३ को चुनावी माहौल पनि रोचक छ । पुर्नगठन भएको नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार मेटमणि चौधरीका विरुद्ध सोहि पार्टिका नेता तथा पुर्व मुख्य मन्त्री कुल वहादुर खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसले केन्द्रिय सह महामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले पुर्व प्रदेशसभा सदस्य रेवतीरमण शर्मालाइ उम्मेदवार बनाएको छ । लुम्विनी प्रदेशको स्थाइ राजधानीलाइ दाङमै कार्यान्वयन गराउने पुर्व मुख्यमन्त्री कुल वहादुर केसी कमजोर उम्मेदवार मान्न सकिन्न भन्ने मतदाताहरुको तर्क छ । त्यसैमा रास्वपाका लुम्विनी प्रदेश संयोजक देवराज पाठकको उम्मेदवारी चारवटै उम्मेदवारकालागी चुनौति बनेको मतदाताहरुको विश्लेषण छ ।

पुराना नेता, पुरानै एजेण्डा

निर्वाचनको कोर्श अघि बढ्दै गर्दा राजनितिक दलहरु भन्दा पनि उम्मेदवारहरु डिजिटल प्रचारमा अभ्यस्त छन् । पार्टिले प्रतिनिधिसभा निर्वाचन–२०८२ को चुनावी घोषणा जारी गर्न नपाउदै उम्मेदवारहरुले भने पुरानै मुद्धालाई मुख्य एजेण्डा बनाएर सामाजिक सन्जालहरुमा पोष्ट गर्न थालेका छन् ।

यो निर्वाचन जिल्ला सभा, पालिका सभा, टोल सभा भन्दा पनि कन्टेन क्रेयटर र आइटि फोर्श चुनावी प्रचार प्रसारको माध्यम बनेको छ । नयां देखि पुराना दलहरुले पनि अहिले चुनावी अभियानलाई डिजिटल प्रविधिमा जोड्न अभ्यस्त देखिन्छन् । निर्वाचन क्षेत्र नं २ र ३ का उम्मेदवारहरुको फेरी पनि उहि एजेण्डा दाङमा एयरपोर्ट भन्ने छ, जुन मुलुकमा वहुदलिय प्रजातन्त्र स्थापना पछिका हरेक निर्वाचनमा दोहोरीदै आएको एजेण्डा हो ।

घोराही–तुलसीपुर चारलेन सडक भने आफ्नो पहलमा बनेको भन्ने प्रचारवाजी कांग्रेस एमाले र माओवादी तीनै दलका नेताले गर्दै आएका छन् ।

यो निर्वाचनमा पर्चा पम्प्लेट, व्यानर भित्तेलेखन जस्ता प्रचारप्रसारका अभ्यासहरु संभवतः देखिने छैनन् । सडकमा मास प्रदर्शन पनि लामो समयसम्म जारीरहने छैन । विशेष दिन मास प्रदर्शन गर्ने र बांकि दिन चुनावी रणनिति र प्रतिवद्धतापत्र सार्वजनिक गरेर जनतामाझ पुग्ने रणनितिमा उम्मेदवार एवं राजनितिक दलहरु लागी परेका छन् ।

चुनावको दिन नजिकिंदै गर्दा नयां तथा पुराना दलहरुले हरेक निर्वाचन क्षेत्रमा एउटा संपर्क कार्यालय सन्चालनमा ल्याउने तयारीमा छन् । दिनभरी प्रचार प्रसार अभियानमा मतदाता माझ पुग्ने र साझ संपर्क कार्यालयमा समिक्षा गरी अर्को दिनको कार्यतालिका बनाउने योजनामा राजनितिक दलहरु छन् । साना दलहरुको भने प्रचारात्मक अभियान सडकमा देखिएको छैन । उनीहरुको उदेश्य निर्वाचनमा उम्मेदवारी निरन्तरता मात्रै देखिन्छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस