आजकल दाँत पहेंलो हुनु, दुर्गन्ध आउनु र गिजा बिग्रनु सामान्य समस्या बनेका छन्। धेरैजसो मानिसले महँगा माउथवाश र टुथपेस्ट प्रयोग गर्छन् तर तिनले सधैं प्रभावकारी नतिजा भने नदिन सक्छन् । यस्तो अवस्थामा प्राकृतिक उपाय पनि उपयोगी हुन्छन्। त्यसमध्ये एक हो फिटकरीको प्रयोग।
आयुर्वेदिक चिकित्सक डा. सलीम जैदीका अनुसार, जर्नल अफ क्लिनिकल एन्ड डायग्नोस्टिक रिसर्चमा प्रकाशित एक अध्ययनले देखाएको छ कि फिटकरी पानीले कुल्ला गर्दा दाँत र गिजाको स्वास्थ्य सुधार हुन्छ। फिटकरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छन् जसले मुखभित्रका ब्याक्टेरिया नष्ट गर्छ।
फिटकरीका फाइदा
दाँतको पहेंलोपन र फोहोर कम गर्छ।
गिजाको इन्फेक्शनबाट राहत दिन्छ।
मुखभित्रका छाला छिट्टै निको पार्छ।
दुर्गन्ध हटाउँछ।
कसरी प्रयोग गर्ने?
आधा गिलास मनतातो पानीमा एक चुट्की फिटकरी पाउडर मिलाउनुहोस्।
राम्रोसँग घोलेर दिनमा १–२ पटक कुल्ला गर्नुहोस्।
यो पानी पिउनु हुँदैन, कुल्ला गरेपछि थुक्नुपर्छ।
केही दिनमै परिणाम देखिन थाल्छ।
ध्यान दिनुपर्ने कुरा
फिटकरीलाई सिधै दाँतमा रगर्नु हुँदैन, यसले इनेमललाई क्षति पुर्याउन सक्छ।
गिजामा अत्यधिक दुखाइ वा रगत आउने समस्या भएमा चिकित्सकलाई देखाउनुहोस्।
बच्चाका लागि हल्का घोल मात्र बनाउनुपर्छ र पिउन नदिनुहोस् ।
फिटकरी सस्तो, सजिलो र साइड इफेक्ट नभएकोले घरेलु उपायका रूपमा दाँतलाई प्राकृतिक चमक दिन यसको प्रयोग प्रभावकारी हुन सक्छ ।
यो सामग्री सामान्य जानकारीका लागि मात्र हो। स्वास्थ्यसम्बन्धी समस्या भएमा सधैं योग्य चिकित्सक वा विशेषज्ञसँग परामर्श लिनुहोस्।


