काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशमा हस्ताक्षर गर्दैछन्। यस मार्फत उनी रक्षा विभागको नाम परिवर्तन गरेर युद्ध विभाग राख्न चाहन्छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्पले यो कदमले मानिसहरूलाई अमेरिकी सेनाको शक्ति र दृढताबारे थाहा दिने बताए।
तर आधिकारिक रूपमा मन्त्रालयको नाम परिवर्तन गर्न अमेरिकी संसद (कांग्रेस)बाट कानुन पारित गर्नु आवश्यक छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सन् १९४९ सम्म अमेरिकी रक्षा विभागलाई ʻयुद्ध विभागʼ भनिन्थ्यो।
दोस्रो विश्वयुद्ध पछि कांग्रेसले सेना, नौसेना र वायुसेनालाई एकसाथ ल्याएर नयाँ संरचना बनाएको हो।
इतिहासकारहरूका अनुसार त्यसबेला यसको नाम परिवर्तन गर्नुको प्रमुख कारण आणविक युगमा अमेरिकाले विश्वलाई यसको उद्देश्य युद्ध लड्नु नभई युद्ध रोक्नु थियो।
प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार


