प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयकलाई बहुमतले पारित गरेको छ।
तर, नेकपा माओवादी केन्द्र छलफलबाट बाहिरिएको थियो । माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विधेयकमाथि फरक मत राख्ने भएका छन्।
फरक मत लेखेर भोलि शुक्रबारसम्म पेस गर्न सकिने व्यवस्था रहेको बताइएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार


