रुखले ढाकेको भ्यु टावरः स्थानीय भन्छन्, ‘राज्यको लगानी बालुवामा पानी’

ववई । बबई गाउँपालिका वडा नं. ३ मा भ्यु टावर निर्माण गरेको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधीको पालामा भ्यु टावर निर्माण कार्य शुरु भएको थियो । तर, अहिलेसम्म यो अलपत्र अवस्थामा रहेको छ । गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले भने, ‘भ्यु टावर यहाँ आवश्यक थियो की थिएन, भन्ने कुरा कैफियताका कुरा भए । पहिलो सरकारले निर्माण कार्य शुरु गरेको हुँदा हामीले यसलाई निरन्तरता दिएका हौँ ।’ भ्यु टावर उपयुक्त हो वा होइन भन्ने कुरा आफ्नो ठाउँमा छ ।

निर्माण व्यवसायीले अझै गाउँपालिकालाई हस्तान्तरण गरेको छैन । समय मै निर्माण सम्पन्न नगर्दा कम्पनीलाई जरिवाना गरिएको छ । अझै केही काम बाँकी रहेको उनले बताए । अहिले भ्यु टावरमा जानेहरुले फोहर गर्ने तोडफोड गर्ने गरेका छन् । त्यसलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्छ, भन्ने गाउँपालिकाको उदेश्य रहेको छ । निर्माण व्यवसायीलाई यहाँको काम छिट्टो निर्माण गर्न ताकेता गर्दै आइरहेका छौँ । अहिले भ्यु टावरसम्म जान राम्रो सडक नभएको भन्दै उनले तिन ठाउँबाट सडक बनाउने योजना रहेको छ ।

एउटा सडक पाती हाल्नेको डाँडाबाट उत्तरतर्फ, अर्काे बबई ४ को ताल गैराबाट र अर्काे हंशपुरको गौरी शंकर शिवालयबाट बनाउने योजना रहेको छ । यि सबै काम गर्न आन्तरिक स्रोतबाट गर्नु पर्ने भएकाले आन्तरिक स्रोत जुटाउन समस्या रहेको छ । गाउँपालिकामा बार्षिक एक, डेढ कराड बन्दा बढि उठ्दैन । यसको लागि गाउँपालिकाले प्रदेश र संघ सरकारसँग अपेक्षा गरेको भन्दै अहिलेसम्म त्यो पुरा नभएको उनले बताए ।

त्यस कारण गर्दा पनि भ्युटावर अलपत्र अवस्थामा देखिएको भन्दै उनले ७४ लाखमा भ्युटावर निर्माणको लागि सम्झौता भएको थियो । जसमा करिब ४५ लाख रुपैयाँ निर्माण व्यवसायले हालसम्म भुक्तानी लिएको छ । बबई गाउँपालिका ३ का लोक बहादुर वलीले कुनै पनि सुविधा नभएको जंगलको ठाउँमा भ्युटावर बनाएर केहि काम नभएको बताए । उनले भने, ‘त्यहाँ खानेपानीको समस्या रहेको छ । न शौचालय नै छ, न विद्युत न राम्रो सडक नै छ । त्यस्तो विकट डाँडामा भ्युटावर बनाएर काम छैनन् ।’ अहिले भ्युटावर भएको ठाउँमा बबई गाउँपालिकाको हापुरे बजार लगायत ठाउँ देखिने भएकाले त्यहाँ यो टावर निर्माण गर्नु उचित नभएको उनको भनाइ छ । उनले भने, ‘त्यहाँ टावर भन्दा रुख अग्ला छन्, यदि बबई गाउँपालिका र दाङ हेर्नको लागि त्यो टावरको त्यहाँ आवश्यकता होइन । अग्लो डाँडा रहेको छ, त्यहाँ गएपछि सबै कुरा देखिन्छ । यो राज्यको लगानी बालुवामा पानी भने जस्तै हो ।’ यस्तै उनले निर्माण हुन लागेको लामो समय हुँदा पनि त्यो अहिले सम्म अलत्रप अवस्था रहेको समेत बताए । यस्तै उनले त्यो टावर निर्माण गर्ने पैसा अन्य ठाउँमा लगाएको भए स्थानीयले सुविधा पाउने समेत बताए । यस्तै अर्का स्थानीय झुपलाल वलीले पनि त्यो भ्युटावरको कुनै काम नभएको बताए ।

स्थानीय तहमा जनप्रतिनिधीहरु आएको १० बर्ष हुन लाग्दा समेत आफ्नो वडामा खासै विकास नभएको भन्दै उनले त्यो टावर निर्माण गर्ने पैसा अन्य ठाउँमा लगाएको भए राम्रो हुने बताए । उनले भने, ‘गाउँपालिकामा मुख्य के आवश्यता छ, त्यहाँ ध्यान नदिएर भ्युटावर बनाउने काम गरियो ।

तर, यो अहिलेसम्म पुरा भएका छैनन् । खाली राज्यको पैसा मात्र खर्च भएको छ । हामी स्थानीयहरुलाई यो सेतो टावर आवश्यकता होइन, हामीलाई राम्रो शिक्षा, स्वास्थ्य, सडक जस्ता विकास चाहिएको हो ।’

– साक्षी खबरवाट

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस