ईलाका प्रहरी कार्यालय तुलसीपुरको नागरिक सुनुवाई कार्यक्रम

तुलसीपुर । ईलाका प्रहरी कार्यालय दाङ तुलसीपुरले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार तुलसीपुरमा उक्त कार्यक्रम गरिएको थियो ।

जनता र प्रहरीबीचको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने, विगतमा भएका कार्यहरु समीक्षा गर्दै अझै प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी अनिल ठकुरील बताए ।

प्रहरी प्रमुख ठकुरीले जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न तुलसीपुर इलाका प्रहरी कार्यलय सधै तयार रहेको बताएका छन् उनले प्रहरीप्रति जनताको गुनासो तथा सुझाव सुन्ने लागुऔषध तथा कुलतबाट युवालाई जोगाउन र चाडपर्वमा समुदाय र प्रहरीबिच समन्वय कायम गर्न उदेश्यले नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको उनको भनाई थियो ।

सार्वजनिक सुनाई कार्यक्रमका सहभागीहरुले प्रहरीले कसैको दबाब र प्रभावमा काम गर्न नहुने, तस्करी रोक्न अझ प्रभावकारी कदम चाल्नुपर्ने सवारीसाधन तीव्र गतिमा चलाउनेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने लगायत सुझाव राखेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले शान्ति सुरक्षा कायम र कानुन पालनासँगै समुदायिक काममा समेत प्रहरीको भूमिका सराहनीय रहेको बताएका छन् । कार्यक्रममा वोल्ने बक्ताहरुले प्रहरीले प्रदान गर्दै आएको सेवा लगायत प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी सेवालाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

त्यसैगरी कार्यक्रममा नागरिकहरुले पछिल्लो समय लागुऔषध दूव्र्यसनीको संख्या पनि बढ्र्दै गएको बताउँदै यसतर्फ पनि प्रहरी सचेत हुन आग्रह गरेका छन् । दूव्र्यसनीका कारण घर परिवारमा विखण्डन आइरहेका बेला समाज पनि असुरीक्षत भएको उनिहरुले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले भने आफू यस विषयमा गम्भीर भएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडकाको प्रमुख आथित्य तथा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङको बिशिष्ठ आथित्यमा सम्पन्न कार्यक्रमा तुलसीपुर उपमहानगरपालिकाका केही वडा अध्यक्षहरु , नागरिक समाज ब्यबसायीहरुको सहभागितामा भएको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक भरतनाथ योगीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस