विजौरी । तस्वीरमा देखिएको यो सुचना वोर्ड असारे झरीमा गाडियो । घोराही–तुलसीपुर सडक खण्डमा रहेको वेलझुण्डीस्थीत नेपाल संस्कृत विश्वविद्यालयको मुल गेटको पुर्वपट्टि सडक किनारामै गाडिएको यो वोर्ड लुम्विनीका प्रमुख पर्यटकिय क्षेत्रलाई चिनाउने उद्देश्यले राखेको बताइन्छ । वोर्ड आफैमा सुचनामुलक छ, तर गाड्ने स्थान, समय र प्रक्रियामा भने निकै त्रुटि देखिएको छ ।
असारको अन्तमा जे मन लाग्यो त्यहि गर्ने, जे गरेपनि हुने, स्थानियले जे–जे भनुन्, परेको योजना त सम्पन्न गर्नै पर्यो भन्ने ठेकेदारी मानसिकताका कारण यो वोर्ड ठड्याएको देखिन्छ । वजेट कति हो? यता तर्फ नजाऔं । तर गाडिएको पोल सडकको राइटअफ वे मै छ । जुन वोर्ड सायद अवको एकसाता भन्दा बढि रहने छाटकाँट देखिदैन ।
असारे विकाश दिगो हुदैन, असारे विकाश टिकाउको हुदैन भनेर व्यापक जनगुनासो आइरहंदा पनि मुलुकमा तीनै तहका सरकारहरुले असारमा यसरीनै हतारोमा बजेट झरीमा वगाए जसरी वगाइरहेका हुन्छन् ।
लुम्विनी प्रदेशको पर्यटन तथा यातायात मन्त्रालय माताहत बुटवलमा पर्यटन विकाश परिषद रहेको छ । सोहि परिषदको बार्षिक बजेट अन्तर्गत समग्र लुम्विनी प्रदेशका प्रमुख पर्यटकिय क्षेत्रहरुका विषयमा जानकारी दिने उदेश्यले सो वोर्ड राखिएको परिषदले जनाएको छ । तर वोर्ड जुन दिन राखियो, त्यो भन्दा ठिक एक साता अघि घोराही–तुलसीपुर सडक विस्तार गरी चारलेनमा स्तरोन्नतीको ठेक्का भएको थियो । सो सडकको निगमन र अनुगमन गर्ने निकाय सडक डिभिजन दाङले समेत सो सडक खण्डको राइट अफ वे मा रहेका जुनसुकै संरचना हटाउन अपिल समेत गरिसकेको थियो । वोर्ड राखिएको स्थान चारलेन सडक बनिसकेपछि कालोपत्रेमा पर्ने क्षेत्र पनि हो । चारलेन सुरु भैसकेपछि यसलाई तत्काल स्थानान्तरण गर्नु पर्छ भन्ने जो कोहिलाई पनि लाग्नु स्वाभाविकै हो । विश्वविद्यालयका केहि कर्मचारीले यो स्थानमा वोर्ड राख्दा यसले छोटो समयलाई मात्रै निरन्तरता पाउला भनिरहंदा पनि परिषद र तुलसीपुर उपमहानगरपालिकाले वोर्ड गाडेरै छाडे ।
‘उखेल्नु परे उखेलौंला, फलामको नटवोल्टनै त हो’ वोर्ड सडकमा नराख्न स्थानियले आग्रह गर्दा परिषद र तुलसीपुर उपमहानगरपालिकाका प्राविधिकहरुले भन्दै थिए । वोर्डमा विभिन्न पर्यटकिय क्षेत्रहरुका तस्वीर राखिएका छन् । कतैका पर्यटकिय स्थलको गन्तव्य यो क्षेत्रबाट यति किलोमिटर भन्ने उल्लेख छ, तर कतिपय पर्यटकिय क्षेत्रहरुको अधुरो जानकारी मात्र वोर्डमा राखिएको छ । तस्वीरमा दाङ जिल्लाको पनि पर्यटकिय क्षेत्र भनेर चखौरास्थीत थारु संग्रहालयको तस्वीर राखिएको छ । यस क्षेत्रका स्वर्गद्धारी मनन्दर र सिस्ने हिमालको पनि मनोरम परिदृश्यको तस्वीर राखिएको छ । ‘वोर्ड सुचनामुलक र आवश्यक छ, तर राख्ने उपयुक्त स्थान भने भएन’, स्थानियबासी तथा जनकल्याण मावि दुधरासका शिक्षक गिरीराज पाण्डेले भने । यस्ता हतारोमा बजेट बगाउने सयौं योजनाहरु हुने पनि उनले बताए ।
असारे विकाश दिगो हुदैन, असारे विकाश टिकाउको हुदैन भनेर व्यापक जनगुनासो आइरहंदा पनि मुलुकमा तीनै तहका सरकारहरुले असारमा यसरीनै हतारोमा बजेट झरीमा वगाए जसरी वगाइरहेका हुन्छन् ।
यो विषयमा लुम्विनी प्रदेश पर्यटन विकाश परिषदका कार्यकारी निर्देशक रामु जोशीले मिस्टेक भएको स्वीकारे । त्यसो त त्यस स्थानमा वोर्ड राख्नकालागी तुलसीपुर उपमहानगरपालिकाले पनि स्वीकृति दिएको छ । वोर्डमा पनि तुलसीपुर उपमहानगरपालिकाको सहकार्य उल्लेख भएको छ । पर्यटन विकाश परिषदका कार्यकारी निर्देशक जोशीका अनुसार वोर्ड गाड्ने वेला तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर र पर्यटन मन्त्रालयका प्रतिनिधि समेत पुगेका थिए । तर त्यो वेला कसैले अव्जेक्सन जनाएनन् ।
‘हामीले त्यो वोर्ड नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डीको प्रांगणभित्र राख्ने भनेको हो, दुर्भाग्यबस सडक किनारामा गाडिएछ’, कार्यकारी निर्देशक जोशीले भने, त्यो वोर्ड हामीले केहि दिनभित्रै हटाएर अन्यत्र उपयुक्त स्थानमा राख्ने छौं । तर यहां राख्दा र उखेल्दाको आर्थिक क्षतिका विषयमा भने उनले केहि बताउन चाहेनन् । यस्ता हतारोका आयोजना मुलुकमा हजारौं हुन्छन् । कसैले व्यक्तिको जग्गालाई बाटो ठानेर पक्कि पुल बनाइदिन्छन्, कसैले अर्को संस्थाको जग्गामा अर्कै संस्थाको भौतिक संरचना निर्माण गरिदिन्छन् । यसले मुलुकको अरवौं रुपैया बजेट खेर गैरहेको छ । तर यस्ता संरचनामा न महालेखाको आंखा जान्छ, नत अख्तियारकै । चारलेनको ठेक्का संम्झौता भैसकेपछि पनि सडक क्षेत्रमै अर्को सरकारी निकायले यस्तो वोर्ड गाड्नु उपयुक्त थियो? आम जिल्लाबासीले यहि प्रश्न सोधिरहेका छन् ।
साभारः साक्षी खबरवाट


