बि.सं २०८१ श्रावन २५ र २६ गते सुनसरीको ईटहरीमा हुन गैइरहेको किवानिज नेपालको छटौ डिष्ट्रिक कन्भेन्सनमा सहभागीको लागि आपसी सल्लाह र निधो अनुसार किवानिस क्लब लर्ड बुद्धका साथीहरू पूर्वी नेपाल जाने योजना अनुसार बुधवार बिहान ५ बजे तुलसीपुर स्थित मेरो निवासमा जीप आईपुग्यो । मैलै सबै साथीहरूलाई फोन गर्दा सबै साथीहरू तयार भैइसक्नु भएको जानकारी पाए । म बंशीकुमार शर्माले गाडि लिएर किवानिज कल्व अफ लर्ड बुद्धकी ईलेक्ट प्रिजिडेन्ट नारायणी रजौरे र वहाँको छोरा नविन अधिकारी सहित तुलसीपुरबाट पूर्वी नेपालको यात्रा खुसि हुँदै आराम्भ ग¥याँै । अरु साथीहरू बाटोमा आईसक्नु भएको थियो । वहाँहरूले हामीलाई अत्ताइ रहुन भएको थियो ।
तुलसीपुर १८ मनिकापुरमा दामोदर बस्नेत राकेश चढ्नु भयो त्यसैगरी घोराहीबाट सुशिला शाह सहित ड्राइभर गरि छ जना पूर्वी नेपालका मनमोहक प्रकृतिको अविश्मरणीय दृष्यावलोक गर्दै त्यस क्षेत्रमा रहेका धार्मिक स्थलहरुको दर्शन पुजा आजा अर्चना गर्ने र नेपालका ब्यापारिक औद्योगीक शहरहरुको स्थलगत अवलोकन अध्ययन गर्दै क्लवको कन्भेन्सन सहभागीका लागि सहयात्रामा निस्क्यौँ । झोला बोकेर गाडीमा चडेर बिहानै तुलसीपुर बजारबाट तराईको तातो बाफमा तात्तिदै त्यहाँका मनोरम दृष्यको अवलोकन गर्दै बिहानको ८ बजेतिर दाङको मुसोटको पाहाडमा फोटो खिच्यौ साथीहरुले भिडियो बनाउनु भयो । एकछिन भएपनि बनजंगल, हरियालीको आनन्द लिएर दाङ उपत्यकालाई नियाल्ने अवसर मिल्यो । त्यहाँवाट नविन अधिकारीले चियानास्ता खाने प्रस्ताव राखेकाले लुम्विनी प्रदेशको राजधानी भालुवाङमा चिया नास्ता खाने सल्लाह अनुसार भालुवाङमा संयोगले नेपाल ट्रेड युनियन काङ्ग्रेसका लुम्बिनी प्रदेश उपाध्यक्ष भिम मरासिनीसंग भेट भयो । वहाँले पनि संगै बसेर चिया खाने प्रस्ताव राखेकोले त्याहा सबैले जेरीपुरी तरकारी खायौ । भिम मरासिनी ईन्द्रणी क्लवको अध्यक्ष पनि हुनुहुदो रहेछ त्यस क्लवले त्यस क्षेत्रमा सामाजिक काम धेरै गरेको रहेछ । आफनै तीन तले भवन रहेछ वहाले ईन्द्रणी कल्वको भवन पनि देखाउनु भयो । साथै उहाँ भालुबाङ्ग स्थित श्री नेपाल राष्ट्रिय मा.बि.को बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष र राप्ती गाउँ पालिका मा शिक्षा समिती सदस्य समेत रहनु भएको हामीले जानकारी पायौं ।

तौलीहवा राणाकालिन समयमा तराईको ठुलो प्रशासनिक ईकाई हो । राणाहरुले मुद्धामामिला फैसलागर्ने, कर उठाउने प्रशासनिक ईकाई राखेका थिए त्यँहा बस्ने मुख्य कर्मचारीलाई बढाहाकिम भनिथ्यो । कपिलबस्तुको सदरमुकाम तौलिहवा बजारलाई छिचोल्दै भगवान गौतम बुद्धको जन्मस्थल कपिलबस्तु ११ः३० बजे पुग्यौँ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी हिन्दू र बौद्धमार्गीको लागि ठुलो तीर्थस्थल हो ।
गाडीका चालक रामु चौधरीले गाडीमा लोकगीत लगाइ दिएर हाम्रो यात्रामा अझ रमाइलो थपि दिइरहन्थ्यो । हाम्रो सहयात्री शुसिला शाहले पनि स्वदेश गीत समुधर गाउँदै रमाईलो गर्दै शिवनगरमा फेरी भिडियो बनाएर चनौटामा भेटिएका ट्रार्फीकले कृष्णनगर बहादुरगञ्जको बाटो जाँदा धेरै राम्रो छ भन्ने सल्लाह दिएकोले त्यहि बाटोबाट कपिलबस्तुको कृष्णनगर बजार पनि हेर्ने आपसी सल्लाह अनुसार कृष्णनगरमा गयौ । त्याहा नेपाली काँग्रेसका नेता एवम पूर्व सांसद अभिषेक प्रताप शाहसंग भेट भयो । वहाले पनि चिया खाने प्रस्ताव राखेकोले संगै बसेर चिया पिउदै कृष्ण नगर बजारको स्थापना देखि लिएर नेपालको ऐतीहासीक नाका कृष्णनगरको बारेमा जान्ने मौका मिल्यो ।

त्यहा देखि कपिलमुणिको पावन भूमी कपिलबस्तुको सदरमुकाम तौलीहवा हुँदै भगवान गौतम बुद्धको जन्मभूमि कपिलबस्तु गयाँै ।वास्तवमा हाम्रो लागि त्यो बाटो नयाँ थियो तर धेरै राम्रो रहेछ । तौलीहवा राणाकालिन समयमा तराईको ठुलो प्रशासनिक ईकाई हो । राणाहरुले मुद्धामामिला फैसलागर्ने, कर उठाउने प्रशासनिक ईकाई राखेका थिए त्यँहा बस्ने मुख्य कर्मचारीलाई बढाहाकिम भनिथ्यो । कपिलबस्तुको सदरमुकाम तौलिहवा बजारलाई छिचोल्दै भगवान गौतम बुद्धको जन्मस्थल कपिलबस्तु ११ः३० बजे पुग्यौँ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी हिन्दू र बौद्धमार्गीको लागि ठुलो तीर्थस्थल हो ।
सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागी २९ वर्षको उमेर गृह त्याग गरी सात वर्षसम्म कठोर तपस्या पश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै उहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँलाई सम्यक सम्बुद्ध भनेर चिनिन थाल्नु भयो ।
हिन्दूशास्त्रहरुमा भगवान् बिष्णुका दशअवतार मध्ये नवौ अवतार गौतमबुद्ध हुनुहुन्छ भन्ने उल्लेख गरिएको छ । गौतम बुद्धको बास्तबिकनाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्मभएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो । गौतम बुद्धको जन्मईशापूर्व ५६३ बैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो । सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजाथिए । यिनकी आमाको नाम मायादेवी थियो ।

सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागी २९ वर्षको उमेर गृह त्याग गरी सात वर्षसम्म कठोर तपस्या पश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै उहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँलाई सम्यक सम्बुद्ध भनेर चिनिन थाल्नु भयो । त्यसपछि वहाँले नेपाल र भारतकाविभिन्न ठाउँ पुगीदुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न लागिपर्नु भयो । उहाँको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिनमा नै भएको थियो । उहाँले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको हो । हामिले बुद्धको जन्मभएको शीलाको दर्शन ग¥यौ । भारतका सम्राट अशोकले बुद्धको जन्मस्थलमाठडिएको अशोक स्तम्भको दर्शन गराँै । अहिलेसम्म ईतिहासको रुपमा ठडिएको स्तम्भमा पालि भाषामा लेखिएको रहेछ । यस स्तम्भले ईतिहास, धर्म संस्कृति सहिष्णुताको ज्वलन्त उदाहरण बनेर रहेको छ । दियो, तलाउ, मन्दिर सवैक्षेत्रको दर्शन ग¥यौँ । नेपालीभारती र बिदेशी धर्मालम्वीहरु आएका थिए ।

शान्त मनोरम्म ठाउँमा अवस्थित भगवान गौतम बुद्धको जन्मस्थलमा हामी सबैले दर्शन गरौ । लुम्बिनीबिकास कोषले ब्यबस्थापन राम्रै गरेको रहेछ । सुबिधाको लागि पनि शौचालय, यातायतको व्यवस्था राम्रै रहेछ । हामीले यात्रालाई ब्यबस्थपन गर्ने जिम्मेवारी मेरो थियो भने एकाउन्टेन्डको जिम्मवारीमा दामोदर बस्नेत (राकेश)लाई चुनेका थियौ भने गुगल म्याप हेरेर बाटो पत्तालगाउने जिम्मा नविन अधिकारीलाई दिएका थियौ । त्यसैगरि यात्राभरि स्वदेश गान गाउने जिम्मा नारायनी र शुसिलाले लिनु भएको थियो । सवैको सल्लाह अनुसार त्यँहाबाट भैरहवामा खान खाने योजना अनुसार यात्रालाई अगाडि वढाऔ । किवानिज कल्वका ईन्टरनेशनल ट्रेजर मोहन लम्सालले फोन मार्फत पटक पटक यात्राको बारेमा सोध्दै त्यस क्षेत्रमा आफुले अनुभव गरेको नयाँ कुरा शेयर गर्दै हाम्रो यात्रालाई थप रोमाञ्चित बनाई दिनु भएको थियो भने दाङबाट डिभिजन फाईभका एलटि गर्भनर भुपाल रावतले पनि पटक पटक फोन मार्फत यात्राको बारेमा सोधीरहनु भएको थियो त्यसैगरी अनिता पोख्ररेल, आशिष केसी र हेमराज डागीले पनि यात्राको वारेमा जानकारी लिईरहनु भएको थियो । देश बाहिर अमेरिका रहनु भएका पास्ट गभर्नर लक्ष्मण लम्साल अनि युके रहनु भए का यश क्लबका सदस्य प्रेम बिबश घर्तीले पनि कार्यक्रममा सहभागी हुन नपाउदा पछुतो मान्नु भएको थियो । हामी संग निरन्तर कहाँ पुग्नु भयो , बसाई कस्तो छ भने सोधपुछ गरिरहनु भएको थियो । गौतम बुद्धकै चर्चा गर्दै बर्घाघाटमा खाना खाऔ । दाउन्ने नारायणघाट सडकको बिषयमा सवै साथीहरुले चासो राखेकोले दामोदर बस्नेत राकेशले त्यस सडकखण्डको यात्रालाई प्रबिधिको प्रयोग गरि लाईभ प्रसारण गरे । नेपालको ठुलो नदि नारायणीको दर्शन गर्दै पाँच वजेतिर नारायणघाट पुग्यौ ।

बि स २००८ सालमा सप्तकोशीमा पुल बनेपछि पूर्वी नेपाल राजमार्गबाट जोडिएको हो । बिशाल नदिमा ५२ वटा ढोका भएको स्थानीयलले बताएका थिए । हामीले पनि मजा संग सप्तकोशीलाई नियाल्ने मौका पाऔ । विश्वमा सवैभन्दा वढि एकै ठाउमा पाईने चराचुरिङगीको वासस्थान कोशी सिमसार हेर्ने सुअवसर मिल्यो ।
हाम्रो यात्रालाई निरन्तरता दिदै सात बजेतिर बागमति प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौडा पुग्यौँ । त्याहा कुन लजमा बस्न उपयुक्त छ भनी सोधपुच्छ गर्दै जान्दा सूर्यना लज उपयुक्त मानी त्यस रात त्यहि बास बस्यौ । भोली पल्ट २४ गते बिहिबार बिहान हेटौडा शहर र त्यस शहरको ऐतीहासीक महत्वको बारेमा जानकारी लिएर नेपालको सवैभन्दा ठुलो ब्यापारी नाका बिरगंज १० बजेतीर पुग्यौ त्याहा नेपाल भारत मैत्रि संघका निर्वतमान केन्द्रीय अध्यक्ष राजकुमार सिन्धीसंग भेट भयो वहाले हामीलाई श्रद्धापुर्वक संझना होटलमा लगेर कफि पिउदै नेपाल भारतको सम्वन्ध र नेपालको उद्योग ब्यापारको बिषयमा छलफल ग¥यौ । त्यहि लजमा बस्नु भएका वैतडीका साथीसंग पनि भेट भयो । त्यहा देखी पथलैया हुदै हरियो बन नेपालको धन चारकोषे झाडिलाई छिचोल्दै नया शहर बर्दिवास हुदै सिराहको वन्दीपुरमा शुसिला शाहले भूईकटहरु किन्नु भयो । कति स्वादिलो रहेछ । त्यसैवेला नारायणी रजौरे कर्मचारी युनियनको केन्द्रीय सल्लाहकार चयन भएको फोन मार्फत जानकारी पाए पछि वहाँले खुसि भएर सवैलाई मिठाई खुवाउने प्रस्ताव ल्याउनु भयो । सवैको सल्लाहअनुसार सप्तरिमा वाजेका पेडा खाने निर्णय गरेपछि सप्तरिमा वाजेका पेडा खाएर कोशी ब्यारेकमा फलफुल र झिङे माछा खुवाउने जिम्मा राकेशले लिए । सात नदिको मिलन सप्तकोशी कौशीक ऋषीको नामबाट रहन गएको हिन्दु शास्त्रहरुमा पाईन्छ । बि स २००८ सालमा सप्तकोशीमा पुल बनेपछि पूर्वी नेपाल राजमार्गबाट जोडिएको हो । बिशाल नदिमा ५२ वटा ढोका भएको स्थानीयलले बताएका थिए । हामीले पनि मजा संग सप्तकोशीलाई नियाल्ने मौका पाऔ । विश्वमा सवैभन्दा वढि एकै ठाउमा पाईने चराचुरिङगीको वासस्थान कोशी सिमसार हेर्ने सुअवसर मिल्यो । त्यहावाट कार्यक्रम हुने स्थान सुनसरीको इटहरीमा छ वजेतीर पुग्यौ ।
कार्यक्रम आयोजकले हामिलाई टुरिजम लजमा वस्ने ब्यबस्था मिलाई दिएका रहेछन् । आफु पुगेको थाहा पाए पछि आयोजक कल्वकी अध्यक्ष ममाता तामाङले हर्षले दाङबाट आइपुग्नु भयो भनेर लाइभ गरेर सवै कल्वका प्रतिनिधिहरुलाई जानकारी गराउनु भयो । यो टिममा पत्रकार पनि हामी भएकाले क्लवका सचिव तथा पत्रकार राकेशले होष्ट क्लवका अध्यक्ष ममता तामाङसँग छोटो कार्यक्रमका वारेमा भिडियो क्लिप लिई सामाजिक सञ्जालमा पेश गर्नु भयो । भोलीपल्ट शुक्रबार बिहानै नित्यकर्म सिध्यार पवित्र तीर्थस्थल बराह क्षेत्र, चतराधामको दर्शन ग¥यौ त्यसपछि धरानको शहर भित्र रहेको बुढा सुब्बाको पनि दर्शन गरेर कार्यक्रम स्थल इटहरीमा ११ वजेतीर फर्काै । त्यहा दाङबाट गएका र अरु कल्वका सहभागी साथीहरुसंग भेटघाट भयो । त्यसदिन बिकास लम्सालले लुम्विनि प्रदेशका सवै प्रतिनिधिहरुलाई सिटि वरन्डा लजमा बस्ने ब्यबस्था मिलाएको जानकारी गराउनु भयो र हामीले पनि त्यही लजमा कोठा लिएर झोला झिम्टी थन्काई नेपालको पुरानो औद्योगीक क्षेत्र बिराटनगर घुम्ने जाने निर्णय ग¥यौ । बिराटनगर औद्योगिक क्षेत्र हेर्दै छिमेकी मुलक भारतको जोगमनि सम्म गयौ । त्याहा केही किनमेल गरि कार्यक्रम हुने समय तीन वजे भएकोले दुइ वजेतीर आफु बसेको लजमा आईपुगि कार्यक्रम हुने स्थान सोल्टी होटमा तीन वजे नै गयांै । आयोजक क्लवले हामी सबैको रजिष्ट्रेशन गरि एक–एक वटा स्टेशनरी सहितको झोला दिए । कार्यक्रमको उद्घाटन सत्र ५ बजे देखि सुरु हुने र प्रमुख अथिती कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र किवानिज इन्टरनेशनलका बिदेशी प्रतिनिधिहरु हुनुहुन्थ्यो त्यसैगरी पूर्व मन्त्री रामकुमार सुब्बा लगायतका पाहुनाहरु आईरहेका थिए । गेट, हल सबै क्षेत्रमा किवानिज क्लबले सजिसच्जाउ बनेको थियो ठिक ५ बजे कार्यक्रम सुरु भयो ।

कार्यक्रममा स्वागत गित बजाएर सुरु भयो । किवानिज क्लवको परम्परा अनुसार उद्घाटन भएर अघाडि बढ्यौँ । उक्त उद्घाटन सत्रमा दाङका भाई बहिनीहरुले देशभक्ति गित र नृत्य देखाएका थिए । अन्य कलाकारहरुले पनि सांगितिक प्रस्तुती राखेर मनोरञ्जन दिएका थिए । सांगितिक प्रस्तुतीले सभा हल गुञ्जायमान भयो सबै साथीहरु उठेर लयमा लय मिलाउदै तालि बजाउँदै अथिति लगायत सबै सहभागिहरु नाँच्न सुरु गर्नु भयो वास्तवमा त्यो समय अति रोमाञ्चित थियो । राती ९बजे उद्घाटन सत्र समापनभयो र डिनर खाएर आ–आफ्नाकोठामा गयौँ ।
दाङ आउनु पर्ने भएकोले कार्यक्रम समापनन हुँदै बेलुका ५ बजेतिर दाङको लागि प्रस्थान ग¥यौँ । त्यस दिन हेटौडा बस्ने प्रोग्राम बनाएका थियौ । ईटहरी चतराधाम हुन्दै नयाँ सडक मदन भण्डारी पाहाडी मार्गबाट हेटौडाको लागि यात्रा आरम्भ गरौ ।
भोली पल्ट नेतृत्व चयन गर्ने कार्यक्रम ९ वजे देखि सुरु हुने भएकोले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङगलाई भेटन बिहानै वहाको निवास बिराटनगरमा गयौ । धेरै वर्षपछि भेट भएकोमा खुसि ब्यक्त गर्दै वहाले दाङको चर्चा गर्नुभयो । त्यहाँ चिया बिस्कुट खाएर फोटो खिच्यौ । त्यसपछि कार्यक्रम हुने होटल सोल्टीमा नौ वजे नै पुगी कल्वका कार्यक्रममा सहभागी भयौ । उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्नलाई साथीहरुलाई भेटघाट गर्ने कार्यलाई तिव्रता दिएका थिए । हामीचाहि साथीहरु संग चिनापर्चीमा ब्यस्त थिऔं उम्मेदवारहरुले आ–आफ्नो तरिकाले ब्रोसरहरु बाडि रहेका थिए । कार्यक्रम निर्वाचन प्रकृया गए पछि जितहार स्वभाबिकै हो दुवै सक्षम ब्यक्ती हुँदाहुँदै पनि एक जनाले जित्नु सामान्य प्रकृया हो । क्लवको बिधान अनुसार किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२४ –२५ का लागि आगामी अक्टोबर १ देखि कार्यभार समाल्ने छन् । गर्भनरमा कृष्णप्रसाद ज्ञावाली, इलेक्ट गर्भनरमा डा.रामशरण थपलिया पहिले नै चयन भैइसकेका थिए भने भाईस गर्भनरका लागि मतदान भएको थियो । त्यस पदमा रामहरी सुवेदी निर्वाचित हुन सफल भए भने उनका प्रतिस्पर्धी श्यामकृष्ण फुयाल थिए । दाङ आउनु पर्ने भएकोले कार्यक्रम समापनन हुँदै बेलुका ५ बजेतिर दाङको लागि प्रस्थान ग¥यौँ । त्यस दिन हेटौडा बस्ने प्रोग्राम बनाएका थियौ । ईटहरी चतराधाम हुन्दै नयाँ सडक मदन भण्डारी पाहाडी मार्गबाट हेटौडाको लागि यात्रा आरम्भ गरौ । सुन्दर पाहाड र मनमोहक प्रकृतिको अविश्मरणीय दृष्यावलोक गर्ने एकमात्र हाम्रो उद्धेश्यलाई निरन्तर उत्साहित र निर्देशित गरिरहेको थियो । हाम्रो यात्रालाई दाङ तुलसीपुर किवानिज कल्वका अध्यक्ष बिमलकुमार पौडेलको टिमले पनि पछाईरहेको थियो । वहाहरुको त्यसदिनको बसाई सिन्धुली थियो भने हाम्रो हेटौडा अँध्यारो कुहिरोको च्यादर ओढ्दै गरेको मौषममा पनि असिम उत्साह र उत्कृट अभिलाषा लिएर यात्रा अघाडि बढिरहयो । उदयपुरको गाइघाट पार गरेसकेपछि वर्षादले हामीलाई स्वागत गर्न सुुरु गरिसकेको थियो । हाम्रो यात्रा उदयपुर सिन्धुलीका मनमहोक दृष्य हेर्दै ११ वजेतीर हेटौडा आईपुगियो । जान्दा वसैको सुर्यनालजमा कोठा बुक गरिसकेका थियौ । लज ब्यबस्थापनले हाम्रो लागी खाना तयार गरिदिएका रहेछन् । खाना खाएर त्यसदिन त्यहि बास बसि भोलीपल्ट आईतवार दाङको लागी बिहान ८ वजेतीर यात्रा शुभारम्भ गरौ।

तराईको तातो हावासंगै सुघौरी खेल्दै चितवनको सौरहामा एकछिन दृष्वालोकन गरि फलफुल खाएर यात्रालाई निरन्तरता दिऔ । करिव ११ वजेतीर सप्त गण्डकी जसलाई नारायणी भनिन्छ त्यस पबित्र नदिमा एकछिन दर्शन गरि यात्रा अघाडि बढि रहयो दाउन्नेमा खाना खाएर सवैको सल्लाह अनुसार भैरहवाको बाटो जाने केहि किनमेल गर्ने योजना अनुसार भैरहवामा केहि किनमेल गरि लुम्विनी हुदै चनौटामा चिया नास्ता गरौ र सुशिलाले केरा किन्नु भयौ । वर्षाद भैइरहेकोले समयमा नै घर पुग्नुपर्छ भन्ने मनसायले त्याहादेखि यात्रा अघाडि बढिरहयो । छिटै कल्वको समिक्षात्क बैठक बस्ने सहमति गर्दै राति १० बजेतीर दाङ तुलसीपुर आईपुगेका थियौ । पाँचदिनको यात्रामा धेरै अबिस्मरणीय क्षणहरु मुटुमा सजिएका छन् भने बिभिन्न धार्मिक तीर्थस्थलहरुको दर्शन पूजाआजा गर्न पाएकोमा मन खुसिले प्रफुल्लित भएको छ ।
स्मरण रहोस किवानिज पाँचौ डिष्ट्रिक कन्भेन्सन भैरहवा पनि हाम्रो लर्डवुद्ध क्लवले गाडि रिर्जव गरि अत्याधिक सहभागि भएको थियो । उक्त यात्रा छोटो भए पनि रमाइलो भएको थियो, फलदायी भएको थियो । अव किवानिज सातौंै डिष्ट्रिक कन्भेन्सन काठमाडौं हुने जानकारी पाइएको छ ।
यात्राका क्रममा लिइएका केहि तस्विरहरु


















