मुख्यमन्त्रीमा नेकपाका खगराज नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भट्टले आज बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मियँ समक्ष दाबी प्रस्तुत गरेका थिए । कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपाका एक सांसदकाअनुसार भट्टको नियुक्तिसँगै आजै दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तयारी गरिएको छ । मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् ।

३१ असारमा एमालेले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस