काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा. शेखर कोइराला समूहले आयोजना गरेको भेलामा देउवा पुगेका हुन् ।
देउवा समारोहस्थल पुग्दा समर्थकहरूले चर्को नाराबाजी र तालीका साथ उहाँको स्वागत गरेका थिए। भेलामा पदाधिकारी र सदस्यहरूलाई सम्बोधन गर्दा विशेष महाधिवेशनपछिको हैसियतमा नभई १४औँ महाधिवेशनकै पदअनुसार सम्बोधन गरिएको थियो।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार


