समाज व्यवस्था धमल्याउने प्रयास गरिएको छ । कुनै पनि बाहनामा कसैले पनि सामाजिक व्यवस्था धमल्याउनु हुँदैन । धर्मशास्त्री, अर्थशास्त्री, राजनीतिशास्त्री, समाजशास्त्री, मानवशास्त्री, बिज्ञ, बिश्लेषक कहलिएकाले सस्तो लोकप्रियताकोलागी सतही टीप्पणी गर्नु हुँदैन । मुलुक संकटले घेरिएको छ, यो अवस्था ल्याउनमा जो कुनै प्रकारले उत्तरदायी छैन, तर कुनै पनि अछुतो छैन । किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति राजनीतिक दल छन् । यस्तो संक्रमणको अवस्थाबाट गुज्रदै गरेको, कहाली लाग्दो दिनको प्रत्यक्ष प्रभाव जनताले भोग्नु परेको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुता सहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ ।
विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गर्दै अगाडि बढिरहेको छ । एउटै समाजमा बसोबास गर्नेले एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको छ । समाजमा खलल पु¥याउनेलाई कानुनले दण्डीत गर्नु पर्दछ ।
पछिल्लो चरणमा छाडापन बढ्दै गएको छ । समाजमा सामाजिक सद्भाव खलबलाउनेलाई कानुनी कारवाही गर्नु पर्दछ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन । सद्भाव राख्नु पनि हो । राज्य वा समाजले कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने हो । धार्मिक आस्था व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।
व्यक्तिलाई आफूले विश्वास गरेको धर्म र धार्मिक व्रिmयाकलापको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता हुन्छ । आफ्नो स्वतन्त्रता उपभोग गर्दा अर्काको स्वतन्त्रता, आस्था, भावनामा चोट पु¥याउन पाइँदैन । जसले गर्दा आजसम्म कायम रह“दै आएको धर्म संस्कृति, भाषा, भेषभूषा फरक भए पनि मिलेर बसेको समाज हो । राष्ट्रमा ॐकार परिवारभित्र (हिन्दू, वौद्व, सिख, किरा“त) ९४ प्रतिशत जनसंख्या बसोबास गर्दछन् । कसैले कसैको धर्म प्र्रति खलल पु¥याएको थिएन । हिन्दूहरूले गाईलाई लक्ष्मी माताको रूपमा पुजा गर्ने गर्छन् । गाई घरपालुवा तथा स्तनधारी जनावर हो । यो जनावरको भाले पशुलाई साँढे वा गोरू भनिन्छ । गाई नेपालको राष्ट्रिय जनावर हो । नेपालमा गाई तिहारको दिन गाईलाई पूजा गरिन्छ ।
संविधानका प्रति राज्य जिम्मेवार नबन्दा कहिलेकाही चिज पेचिलो बन्न जान्छ नै । गौवंश हत्याको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएको देखिदैन। धार्मिक आस्था, विश्वास र संवेदनशीलता खेलाँचीको विषय हुनै सक्दैन । धर्म निरपेक्षको आडमा भइरहेको संगठित धर्म परिवर्तनको वेगलाई निस्तेज नपार्ने हो भने सनातन धर्म संकटमा पर्न सक्छ। नेपाली समाजमा अहिलेसम्म धार्मिक द्वन्द भएको छैन ।
हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मिक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दू धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महŒव छ । गाईको गहुत , गोवरलाई पनि पबित्रताको रुपामा लिईन्छ । हिन्दु धर्मालम्वीहरुले पुजा अर्चना गर्दा गाईको गोवर लिप पोत गरेर चोखो बनाउने चलन चल्दै आएको छ । देव तथा पितृ कार्य दुवैमा पुजा गर्नु भन्दा पहिला गाईको गहुत खाएर चोखिने चलन छ ।
जन्मदिने आमा , धनकी देवी लक्ष्मीकोरुपमा गाईलाई पुज्ने समाजमा पछिल्लो समय नेपालको संविधानको मर्म र भावना विपरीत धरानमा गौवंश हत्या गरिनु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा योजनाबद्ध प्रचार गरिनु परिस्थितिलाई उत्तेजित बनाउने र हिन्दु समुदायको एकताभाव मापन गर्ने कुत्सित चालबाजी र षड्यन्त्र थियो भन्नेमा कसैको विमति नहुनसक्छ गाई माथी अत्याचार गरेपछि सामाजिक सदभाव र एकता कायम राख्ने विषय हरेक नेपालीको चाहना, जिम्मेवारी र कर्तव्य हो। विगतमा नेपाल हिन्दुराष्ट्र रहँदा कुनै धर्म वा धर्मावलम्बीले उपेक्षित र अपहेलित भएको महशुस गर्नुपरेको थिएन ।
द्वन्द्व निम्त्याउने र देशलाई अस्थिर बनाउने षड्यन्त्रका विरुद्ध सम्पूर्ण सनातनीहरु ले बिभिन्न ठाउमा ¥यालील निकाली रहेका छन् । ।गौवंश हत्याको विरोध एवं सनातन धर्मको रक्षाका पक्षमा देशव्यापी देखिएको स्वस्फूर्त प्रदर्शन जायज छ, स्वभाविक छ। सदभाव ¥यालीले कसैको अहित पनि गर्दैन । संविधानका प्रति राज्य जिम्मेवार नबन्दा कहिलेकाही चिज पेचिलो बन्न जान्छ नै । गौवंश हत्याको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएको देखिदैन। धार्मिक आस्था, विश्वास र संवेदनशीलता खेलाँचीको विषय हुनै सक्दैन । धर्म निरपेक्षको आडमा भइरहेको संगठित धर्म परिवर्तनको वेगलाई निस्तेज नपार्ने हो भने सनातन धर्म संकटमा पर्न सक्छ। नेपाली समाजमा अहिलेसम्म धार्मिक द्वन्द भएको छैन ।
पछिल्लो चरणमा किन धार्मिक द्वन्द बढाउन खोजिरहेका छन् । यो चिन्ता को बिषय हो । राष्ट्रको धर्म नै देशको अस्तित्वस“ग गा“सिएको हुनाले सबै प्रजातान्त्रिक मुलुकहरूले आ–आफ्नै धर्मलाई अगाडि सारेको देखिन्छ । राज्यको धर्म ह“ुुदैन भनेर चर्को स्वरमा वकालत गर्ने नेताहरुले धर्मको व्यापार गर्न आएकालाई देउता सरह पूज्ने गरेका छन् । ती नेताहरुले पूर्खा र सन्ततिहरुलाई ठूलो धोका दिएका छन् ।
हुनतः धर्म निरपेक्ष बनाउनमा जोड गर्ने शीर्ष नेताहरुले पनि जन्मदेखि मृत्युसम्मका क्रियाकलाप हिन्दू परम्परामा नै गर्ने गर्दछन् । बोली र व्यवहार फरक गर्नेले विश्वको इतिहास हेर्न जरुरी देखिन्छ ।
विभिन्न राष्ट्रहरूले आ–आफ्नो राष्ट्रिय धर्म कायम गरेका हुन्छन् त्यसैले आफ्नै अस्तित्व मेटाउने गरी नया“ नेपालको खोजी गर्नुभन्दा अस्तित्वको जगेर्ना गर्दै समृद्धशाली नेपाल बनाउनु नै राष्ट्रियता हो । समाजमा खलल पु¥याउने तत्वलाई कानुनी कारिबाहि गरि सामाजिक सद्भाव कायम गरौ ।


