काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बिहीबार) चितवनको सौराहामा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको एक रिसोर्टमा वैवाहिक कार्यक्रम भएको हो । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।
कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार


