शेयर बजार ६४ अङ्कले बढ्यो, साढे ३ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । हिजो मङ्गलवार सामान्य घटेको शेयर आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अरू २१ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि छ वटा कम्पनीको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ ।

बुधबार सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।

उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो । बुधबार हिमलयन डिष्ट्रिलरी, सानिमा माइ हाइड्रो, नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्ससहितका कम्पनीको सर्वाधिक कारोबार भयो ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस