आज सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस