काठमाडौं । भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहण लाग्दा लाग्दै चन्द्रमा उदय हुन्छ भने त्यस्तो ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । यो ग्रहण १ घण्टा २३ मिनेटको हुनेछ । यो चन्द्रग्रहण भरणी नक्षत्र, मेष राशिमा चन्द्रमाको गोचर हुँदा लाग्नेछ ।
मंगलबार विहान ८ बजेर ११ मिनेटदेखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिरामीदेखि बाहेकले भोजन गर्नु हुँदैन । यस समयमा गर्भधारण गर्न, यौनजन्य क्रियाकलाप गर्न, दिसावपिसाव गर्न र सुत्न निषेध गरिएको छ । साथै बाहिर गएर हेर्न पनि निषेध गरिएको ।
यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्यग्रहण लागेको थियो ।


