मेट्रो कजेलका विद्यार्थीले तिहारमा बेचे ४ लाखको फूल

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले तिहारमा करिब चार लाखको फूल विक्री गरेका छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले संयुक्त रुपमा फूल खेती गरेका थिए ।

कलेजको ५ कठ्ठा जग्गामा गरिएको फूलखेतीबाट विद्यार्थीहरुले ४ लाख बराबरको आम्दानी गरेका हुन् । बजारको मागअनुसार फूल पुर्याउन नसकिएको विद्यार्थी सन्दिप मल्लले बताए ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई परियोजनात्मक कार्यक्रममा सहभागी बनाएर पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेको कलेजका प्रमुख वसन्त आचार्यले जानकारी दिए । विद्यार्थीहरुले आफै विरुवा उत्पादन गरेर फूल खेती गरेका थिए ।

मखमली र सयपत्रीफूलको खेती गरेका विद्यार्थीहरुले प्रतिकिलोमा ६ सयको दरमा र प्रतिमाला साढे२ सय रुपैयासम्ममा विक्री गरेको विद्यार्थी सीता भण्डारीले बताइन् । फूलखेतीसँगै कलेजले अन्य काममा पनि विद्यार्थीहरुलाई परियोजनात्मक कार्यमा लगाइरहेको कलेज प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस