बिजौरी । नयाँ पाइला पुर्नस्थापना केन्द्र सुधार गृहले लागूपदार्थदुर्ब्यशन उपचारार्थीहरु लाई दिपावलीको अवसरमा भाई टिकाकाे ब्यवस्थापन गरेको हो ।
हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर१९ बिजौरी हाडिमेमा रहेको सस्थाले हिजो सस्थामा रहेका सम्पुर्ण उपचारार्थीहरुका लागि टीका लगाउने प्रबन्ध मिलाइएको सस्थाका प्रमुख सुरेश भुसालले जानकारी दिनुभएको थियो । सुधार गृह भित्र रहेका सबैजनालाई भाई टिका लगाउनका लागि प्रबन्ध् मिलाइदिएको थियो ।

संस्थामा हाल ३७ जना उपचारार्थी रहेका छन् । उपचारार्थीहरुलाई नरमाइलो नहोस् भन्ने उद्देश्यले सुधार गृह मै भाइटीकाको प्रबन्ध मिलाई सम्पुर्ण ब्यवस्थापन संस्थाले नै गरेको भुसालले जानकारी दिनुभएको छ संस्थामा रहेका दाजुभाइलाई दिदी बहिनीहरुको हातबाट टीका ग्रहण र विभिन्न परिकार समेत प्रदान गरेका थिए ।

उक्त सुधार गृहले प्रत्येक बर्षमा मनाउने मुख्य चाडपर्वकाे अवसरमा उपचारार्थीहरुलाई विभिन्न मनोरञ्जनका कार्यक्रम संचालन गर्दै आएको भुसालले बताउनु हुन्छ । संस्थाले हालसम्म करिब एक हजार बढीलाई उपचारपछि पुर्नस्थापना गरेको सस्थाका प्रमुख भुसालको दाबी छ ।
अन्त्यमा, सकारात्मक सोचका धनी सुरेश भुषालले आफ्नो पूरा जीवन नै यही दुव्र्यसनीहरूको जीवनलाई कसरी मुक्त बनाउन सकिन्छ भन्नेकुरामा लगाइरहने समेत बताउनु हुन्छ ।



