नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा थप २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ पुगेको छ।
पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ७२३ नयाँ संक्रमित थपिएका छन्। यसका साथै दिल्लीमा २७ हजार ५६१, पश्चिम बंगालमा २२ हजार १५५, कर्नाटकमा २१ हजार ३९० र तमिलनाडुमा १७ हजार ९३४ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट ४८१ जनाले ज्यान गुमाएका छन् । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार ८५९ पुगेको हो। पछिल्लो २४ घन्टामा केरलामा कोरोनाबाट ३०० जना र दिल्लीमा ४० जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ।
प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार


