काठमाडौं । चलचित्र ‘कठपुतली’का निर्माता पृथ्वी रानाले विवादले चलचित्र नचल्ने बताइरहँदा सोही चलचित्रकी नायिका उषा रजक भने गसिपको खोजीमा छिन् । मिडियामा चर्चामा आउनका लागि उनले दिने गरेका बयानदेखि उनले लगाउने गरेका पहिरन फेरिएका छन् ।
चलचित्र ‘कुसुमे रुमाल’, ‘इकु’ लगायतका चलचित्रमा काम गरेकी उषालाई अहिलेका पुस्ताका दर्शकले खासै चिन्दैनन् । यसैले पनि अमेरिका छाडेर नेपाली चलचित्र क्षेत्रमा नै रमाउन फर्किएकी उषालाई नयाँ पुस्तामाझ चिनिनु पनि छ ।
बुधबार बेलुका यो चलचित्रको प्रिमियर काठमाडौंको बिग मुभिजमा आयोजना भयो । चलचित्रको प्रिमियरको दिन काठमाडौंमा अत्याधिक चिसो थियो । पानी पनि दिनभर नै परेकाले मौसम निक्कै चिसो थियो । तर, नायिका उषा रजकलाई भने यसले कुनै फरक पारेको देखिएन ।
चिसोमा उनी निक्कै नै बोल्ड बनेर प्रिमियर समारोहमा पुगेकी थिइन् ।
प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार



